Thaha

Saturday 21 September - 8:04 pm NST

७२ वटा इन्धन बोकेका गाडी  नेपाल भित्रिए


काठमाडौं, २१ असोज । नेपाल भारत सीमावर्ती विभिन्न नाकाबाट गएरातीसम्म  डिजेल, पेट्रोल र ग्यास गरि ७२ वटा इन्धन बोकेका गाडी  नेपाल भित्रिएका छन् । हिजो बिराटनगरको जोगबनी नाकाबाट सबैभन्दा धेरै इन्धन भित्रिएको हो । इलाका प्रहरी कार्यालय रानीका अनुसार हिजो ४२ ट्यांकर डिजेल, ११ ट्यांकर पेट्रोल र १३ बुलेट ग्यास भित्रिएको छ ।

जोगबनी नाकाबाट २ सय सवारी साधन भित्रिएका मध्ये ६६ वटाले इन्धन ल्याएका थिए । यस्तै झापाको काकडभिट्टा नाकाबाट हिजो १ सय ८ वटा सवारी साधन भित्रिएकोमा एउटा पेट्रोल र २ बुलेट ग्यास भित्रिएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । यस्तै नेपालगन्जको जमुनाह नाकाबाट हिजो १३ वटा मात्रै सवारी साधन भित्रिएका छन् ।

त्यसमध्ये ३ ट्यांकर डिजेल भित्रिएको छ । अन्य नाकाबाट पनि इन्धन तथा सवारी साधन केहि भित्रन सकेका छैनन । वीरगंज नाका भने केहि दिन यता ठप्प नै छ । भारतीय अघोषित नाकाबन्दीका कारण नेपालमा इन्धन अभाब चर्किएको छ । तर अझै भारतले आपूर्ति सहज बनाएको छैन । आज बिहान झापाको काकडभिट्टा बाट पाँच वटा मालबहाक गाडी भित्रिएका छन भने अन्य नाकाबाट आज बिहान कुनै सवारी साधन भित्रन सकेका छैनन् । बिहान कुनै पनि नाकामा प्रर्दशन नभएको प्रहरीले जनाएको छ ।